धुर्मु
Posted by: Sanjaya Shrestha - Kathmandu
चम्सुरी : सुन्तली तेरो आखा किन रातो-रातो छ ?
सुन्तली: हेर्नु न आमै ! धुर्मु बिरामी हुनु हुन्छ के !!
चम्सुरी : अनि धुर्मु ज्वाईंलाई हेर्ने त नर्स राखेको हैन र ?
सुन्तली: त्यहि भएर त, रातभर जाग्नुपर्छ नि ....
Post Comment
राम बहादुर
Posted by: ramesh pun - ilam jhapa
धुर्मुस चिहनको बाटो हुँदै कतै जन्दै थियो । चिहन घर माथि एउटा मनिस बसिरहेको देखेर धुर्मुसले सोध्यो-
"हेल्लो दाई मध्य रत्मा यसरि चिहन माथि बस्न डर लाग्दैन ।"
मनिस ले जवाफ दियो-"के को डर लग्नु नि भित्र गर्मी भएर बहिरा निस्केको ।"
Post Comment
मसानघाट
Posted by: Sujit Sharma - Janakpur
धुर्मुसे एकदिन बजारबाट घर फर्कदा रातको १२ बजेछ, त्यो पनि घर मसानघाट हुँदै जानुपर्नेरहेछ । पैसा सबै बजारमै सकिएपछी हिड्दै घरतिर लाग्नुपर्ने भएछ र डराउदै डराउदै घरतिर लागेछ । जति जति मसानघाट नजिको पुग्यो धुर्मुसेको मनमा त्यति नै ढ्याङ्ग्रो ठोक्दो रहेछ । मसानघाटको नजिक आएपछि अब भने लिफ्ट लिने सोचेछ । परबाट एउटा गाडी एकदम स्पिडमा आईराखेको थियो त्यसलाई रोक्न खोजेछ तर त्यो गाडी नरोकिकन गएछ । यसैगरी ३-४ वटा गाडी आएछ तर कुनैले पनि धुर्मुसेलाई लिफ्ट दिएनछ । अब भने लिफ्ट नमागी आँफै जबरजस्ती झुन्डिएर भएपनी चाडछु भन्ने सोचेछ । भाग्यले पनि कस्तो साथ दिएको एउटा गाडी अतिनै बिस्तारै आईराखेको रहेछ । गाडी नजिक आएपछि मौका हेरेर हत न पत आँफै फुत्तै गाडीमा चढेछ र लामो सास फेरेछ । गाडीमा चाडन पाइयो भनेर दंग पर्दै यसो अगाडी हेर्छ त ड्राईभर नै छैन । ड्राईभर नै बिना गाडी कुदिरहेकोछ । धुर्मुसे डरले झन थुर थुर काम्न थाल्यो । गाडीबाट झरौ भने मसानघाटको बाटो गाडीमै बसौं भने ड्राईभर बिना गाडी चलिरएकोछ । जे सुकै होस् भन्ने सोचेर डर मानी मानी धुर्मुसे गाडी मैं बसेछ । एकछिनमा पेट्रोल पम्पमा आएर गाडी रोकिएछ । धुर्मुसेको घर पनि त्यहीं नजिक रहेछ । हत न पत गाडीबाट ओर्लेर यसो पर मात्र के पुगेको थियो धुर्मुसेले त्यो गाडीमा त अर्कै मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भन्नु पर्यो भन्ने सोचेर त्यो मान्छे छेउमा गएछ अनी भनेछ;
धुर्मुसे: ए दाई ! ए दाई ! यो गाडी नचढ्नुस् यसमा त ड्राईभर नै छैन, यो गाडी त आफैं चल्छ, म भर्खरै यही गाडीबाट ओर्लिएको । (त्यो मान्छेले धुर्मुसेको गाला फुट्ने गरी एक थप्पड हानेर भनेछ)
अपरिचित मान्छे: पेट्रोल सिध्दकोले दु:ख गरि गरि त्यति टाढाबाट गाडी धकेली धकेली यहाँ सम्म ल्याएको त, मेरो गाडीमा तँ पो बसिराखेको थिईस ?
Post Comment
किन भाग्ने
Posted by: Sujit Sharma - Janakpur
धुर्मुसे र बान्द्रे एकदिन जंगलतिर जादै गर्दा एक्कासि अगाडि बाघ निस्केछ,धुर्मुसे र बान्द्रे डरले काम्न थालेछन । यतिकैमा बान्द्रेले दिमाग लगाएछ र एक मुठ्ठी बालुवा सोरेर बाघको आखाँमा फ्याकेछ अनी धुर्मुसेको हात समाउदै भनेछ ।
बान्द्रे: भाग धुर्मुसे छिटो भाग
धुर्मुसे: म किन भाग्ने नि बाघको आखाँमा बालुवा त तैँले फालेको हो नि ....
Post Comment
Swiming pool
Posted by: Sujit Sharma - Dharan
धुर्मुस Swiming pool नजिकै उभिरहेको थियो, त्यतिकैमा रेखा थापा आएर आफ्नो लुगा फुकालेर नुहाउन के आटेको थीईन
धुर्मुस :- ओ Madam, पख्नुस् पख्नुस् यहाँ Swiming गर्न मनाही छ
रेखा थापा :- (रिसाउदै ) Swining गर्न मनाही छ रे? मैले लुगा फुकालुन्जेल चाँही के हेरेर बसेको त?
धुर्मुस :- यहा Swiming गर्न पो मनाही छ त, लुगा फुकाल्न त होईन नी
Post Comment
Tension Joke
Posted by: Krishna Rai - Dharan, Sunsari
दारी बा: के छ धुर्मु, आज तँ बढी नै टेन्सनमा छ जस्तो छस नि ?
धुर्मुस्: बुवा, तपाईंलाई भन्न सक्दिन
दारी बा: हेर छोरा, मलाई आफ्नो साथी सम्झी अनि मनको कुरा भन न ।
धुर्मुस्: के भन्ने यार्, "तिम्री भाउजु म सँग लास्टै फाएर भकी छे यार आज"
Post Comment
किड्नी फेल
Posted by: Kabu Shrestha - Itahari, Sunsari
डाक्टर्: तपाईको एउटा किड्नी फेल भएको छ ।
(यो सुन्ने बित्तिकै धुर्मुस रुन थाल्यो, केहिबेर रोएपछी आशु पुछ्दै)
धुर्मुस: कती नम्बर नपुगेर फेल भएछ त डाक्टर साप
Post Comment
Give Me A Kiss
Posted by: Rajan Dhimal - Sunsari
धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ
सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु
धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।
Post Comment
थर्मस
Posted by: Muskan Malla - Pokhara
धुर्मुस: साहुजी त्यो के हो ?
साहुजि: त्यो थर्मस हो, यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ
शेरे: त्यसो भए एउटा दिनु न त
(घरमा सुन्तलीसँग्)
सुन्तली: यो के हो ?
धुर्मुस: यो थर्मस हो, यसमा तातो चिज राखे तातै रहन्छ, चिसो चिज राखे चिसै रहन्छ
सुन्तली: यसमा के ल्यायौ त
धुर्मुस: एक कप चिया र एउटा कोकाकोला
Post Comment
पेस्तोल
Posted by: Sanjay Rai - Dharan
धुर्मुस्: हिजो राति एक जनाले मलाई चक्कु देखाएर लुट्यो यार ।
बान्द्रे: हो र ? अनि तँसंग त सधैं पेस्तोल हुन्थ्यो त ।
धुर्मुस्: कम बाठो छु र म, त्यो त मैले लुकाइहाले नि, नत्र त्यो नि लुटदिन्थ्यो यार
Post Comment
Facebook users can post their comment in the below box.