खोटाङको प्रस्तावित नगरपालिका दिक्तेलबाट राजस्व सङ्कलन कार्य बन्द
Khotang news | 21 September 2013 | Views : 1877
प्रस्तावित नगरपालिका दिक्तेलबाट सङ्कलन गरिदै आएको राजस्व सङ्कलन कार्य जिल्ला मालपोत कार्यालय खोटाङद्वारा बन्द गरिएको छ । नगरपालिका कार्यान्वयन नै नभई राजस्व लिन थालेको भन्दै सेवाग्राहीको गुनासो आउन थालेपछि राजस्व सङ्कलन कार्य तत्कालका लागि रोकिएको मालपोत अधिकृत विनोद गेलालले बताउनुभयो छ ।
राजस्व विभागकै निर्देशनअनुसार सो कार्यालयले राजस्व सङ्कलन कार्य बन्द गरेको हो । खोटाङको बाम्राङ र दिक्तेल दुईवटा गाविसलाइ गाभेर दिक्तेल नगरपालिका बनाएपछि त्यहाँबाट बिगत दुई वर्षमा ७० लाख बराबर राजस्व सङ्कलन भएको समेत अधिकृत गेलालले जानकारी दिनुभयो ।
Facebook users can post their comment in the below box.