Breaking News »
Purbanchal News
Google
झुम्कास्थित कारागारबाट सुरुङ्ग खनेर भागेका एक कैदी पक्राउ
Sunsari news | 14 September 2013 | Views : 1771

एक सर्वसाधारणले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले हिजो एक फरार कैदीलाइ सप्तरीको गोबरगाढाबाट भैंसी चराउँदै गरेको अवस्थामा पक्राउ गरेको खबर प्राप्त भएको छ । पक्राउ पर्नेमा सुनसरीको सत्तेझोरा ६ का विनय भनिने विनायक यादब छन् । २८ बर्षीय यादव ज्यान र चोरीको मुद्दामा सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जेल सजाय भोगिरहेका थिए ।

हत्या तथा चोरीको मुद्दामा २० वर्षको जेल सजाय तोकिएका यादबले प्रकाशपुर सुनसरीका केशव कार्कीलाई गोली हानी हत्या गरेका थिए । गत वर्ष कात्तिक २३ मा भारतीय कुख्यात अपराधी धीरेन्द्र यादव तथा बंगलादेशी नागरिक सुब्रत बेनसहितका अपराधीसँगै झुम्का कारागारमा सुरुङ्ग खनी उनि पनि फरार भएका थिए ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.