भिरबाट खस्दा एक व्यक्तिको घटनास्थलमै मृत्यु
Khotang news | 21 September 2013 | Views : 2138
खोटाङ्ग जिल्लाको देबीस्थान - ८ फेदी जंगलमा हिजो एक व्यक्तिको भिरबाट खसेर मृत्यु भएको छ । मृत्यु हुने व्यक्ति डम्बखु - ५ बस्ने ४३ बर्षीय रमेश बि.क. रहेको प्रहरीले जनाएको छ ।
मृतक बि.क. भरिया रहेको र हिजो दिउसो करिब ४ बजे देबीस्थान - ८ फेदी जंगलको भिरबाट अचानक खस्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । उनि अन्दाजी १०० मिटर तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ ।
Facebook users can post their comment in the below box.