अपहरण गर्न प्रयोग गरिएको गाडी सहित एक पक्राउ
Jhapa news | 27 September 2013 | Views : 2243
यार्सागुम्बा व्यापारीलाइ अपहरण गर्न प्रयोग गरिएको एक गाडी सहित एक व्यक्तिलाइ इलाका प्रहरी कार्यालय काकडभिट्टाले पक्राउ गरेको छ । प्रहरीले झापाको कालिपुरबाट आज को.१ च ७०३० नम्बर गाडी तथा ३३ बर्सिय लक्ष्मन धामीलाइ पक्राउ गरेको हो।
एक गाडी तथा २ वटा मोटरसाइकलमा आएका अपहरणकारीहरुले आज बिहान दस बजे भुटानी नागरिक ४२ बर्षीय च्यान्जिंग दोर्जे दुप्पालाई अपहरण गर्न खोजेका थिए। स्थानीय बासिन्दाले थाहा पाए पछि इलाका प्रहरी कार्यालय काकडभिट्टालाइ खबर गरेका थिए । खबर पाउन साथ खटिएको प्रहरीले गाडी र चालकलाई फेला पारी पक्राउ गरेको हो । अपहरणमा संलग्न अन्यको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
Facebook users can post their comment in the below box.