हिजो जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटेको प्रहरी टोलीले एक अपहरित बालकको उद्दार गरेको छ । अपहरणमा पर्नेमा भारत मधुवनी लौकही थाना वयनग्राम पंचायत औराह गाँउ बस्ने चन्द्र शेखर यादवको छोरा १३ बरिय बालक नितेश कुमार यादव रहेका छन् । उनि बिगत १५ दिन देखि अपहरणमा परेको प्रहरीले जनाएको छ ।
भाद्र ३१ गते अपहरणकारीले सिराहाको महदेवा गाविस बस्ने देवनाथ यादवको घरमा ल्याई उक्त बालकलाई छाडेको भन्ने खबर पाएपछि जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी टोली गई अपहरीत बालकलाई सोही घरमा फेला परेको हो । बालकलाइ अभिभावकको जिम्मा लगाईएको छ भने यस सम्बन्धमा सिराहा प्रहरीले भारतीय प्रहरीलाई जानकारी गराउनुका साथै थप अनुसन्धान कार्य गरिरहेको समेत जनाएको छ ।
Facebook users can post their comment in the below box.