Breaking News »
Purbanchal News
Google
८८ प्रतिशत जनता स्वच्छ खानेपानीको सुविधाबाट लाभान्वित
Morang news | 09 November 2013 | Views : 1385

मोरङ जिल्लाका ८८ प्रतिशत जनता स्वच्छ खानेपानी सुविधाको पहुचमा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङले जनाएको छ । एक उपमहानगरपालिकासहित ६५ गाविसमा करिब नौ लाख ६५ हजार जनसङ्ख्या रहेकामध्ये १२ प्रतिशत जनता स्वच्छ खानेपानीबाट वञ्चित रहेको बताइएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मोरङ विराटनगरका अनुसार आव २०६९-७० मा गरिएको अद्यावधिकमा जिल्लामा १२ वटा ओभरहेड ट्याङ्कीमार्फत खानेपानी वितरण भइरहेको छ । साथै २१ वटा खानेपानी आयोजना निर्माण भइरहेका छन् । विराटनगर उपमहानगरपालिको मध्य भागमा नेपाल खानेपानी संस्थाबाट खानेपानी बिक्री वितरण भइरहेको बुझिएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख गणेश थापाका अनुसार एसियाली विकास बैंक, नेपाल सरकार, विराटनगर उपमहानगरपालिका, गाविस तथा गैरसरकारी संस्थामार्फत खानेपानी आयोजना निर्माण भइरहेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.