चट्याङ्गले लागेर सासु बुहारीको मृत्यु
Morang news | 15 September 2013 | Views : 2137
मोरंग जिल्लाको वारंगीमा हिजो चट्याङ्गले लागेर एकै घरका २ जनाको मृत्यु भएको खबर प्राप्त भएको छ । मृत्यु हुनेहरुमा वारंगी ४ कि ७० बर्सिय टीकामाया धिताल र ३५ बर्सिय हातकुमारी धिताल रहेकाछन् । मृत्यु हुनेहरु सासु बुहारी भएको र उनीहरु घरको काममा ब्यस्त भएको बेला चट्याङ्गले लगेर मृत्यु भएको वारंगी गा.बि.स. का सचिब सान्तिराम दाहालले बताउनु भएको छ ।
उता प्रहरीले भने यस बारेमा कुनै पनि जानकारी नपाएको इलाका प्रहरी कार्यलय लेटाङ्गले जनाएको छ ।
Facebook users can post their comment in the below box.