Breaking News »
Purbanchal News
Google
नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति इलामको सभापतिमा डिकेन्द्र इदिङ्गो
Ilam news | 01 September 2013 | Views : 1920

 १५ भदौ, नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्यसमिति इलामको गएराती सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट डिकेन्द्र इदिङ्गो सभापतिमा विजयी हुनुभएको छ । इदिङ्गोले ९५ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका निकटतम निर्मल उप्रेतीले ५७ मत प्राप्त गर्नुभएको थियो । सचिवमा लक्ष्मण चौलागााईले ८१ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्दी भविन भट्टराईले ६९ मत प्राप्त गर्नुभएको थियो ।

महाधिवेशन प्रतिनिधिमा निवर्तमान सभापति विष्णु कार्की, भूपाल कार्की, अभिषेक एक्तेन र देवेन्द्र सुवेदी निर्वाचित भएका छन् भने समावेशीबाट विश्वविन्दु राई, निश्कल राई, प्रेमिका राना मगर निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा कृष्णकला खतिवडा, टीकाराम पुरी, प्रज्वल प्रधान, रूद्र मगर, सरोज कटुवाल, मिना पौडेल निर्वाचित भएका थिए भने आकाश बराइली सर्वसम्मत चयन भएका थिए ।    निर्वाचित समितिले उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष पदका लागि विजयी टीमबाटै चयन गर्ने सभापति डिकेन्द्र इदिङ्गोले जानकारी दिनुभयो । दुई दिनदेखि अधिवेशन सरू भएतापनि सर्वसम्मत हुन नसक्दा शुक्रबार अबेरसम्म निर्वाचन भई राती १२ बजेमात्र नतिजा सार्वजनिक भएको थियो । सात वर्षपछि भएको अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि प्रजातान्त्रिक र संस्थापन पक्षबीच कडा प्रतिस्पर्धा भएको थियो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.