भारतीय फिल्म अभिनेत्रीहरु धमाधम आमा बन्दै गरेको खबरले यतिवेता वलिउडमा राम्रै चर्चा चलेको छ । ऐश्वर्या गर्भवति भएको खबर सेलाउन नपाउँदै बलिउडकी अर्की नायिका लारा दत्त पनि गर्भवति भएको खबर फैलिएको छ ।
लाराले गत वर्ष व्यापारी महेश भूपतिसंग विहे गरेकी हुन् । केहि समयअघिदेखि उनको दाम्पत्यजीवन टुट्न लागेको हल्ला फैलिएको थियो । लारा र भूपतिविच सम्वन्ध सुधि्रएको कुरा बाहिर नआए पनि गर्भवति भएको खबरले भने राम्रै चर्चा पाएको छ ।
लाराले आफु गर्भवति भएको कुरा न त स्वीकार गरेकी छिन् न त नकारेकी छिन् । समाचार एजेन्सीले उल्लेख गरेअनुसार लाराले आफु गर्भवति भएको खबर तिन महिनाअघि बाहिर नआओस् भन्ने चाहेकी थिइन ।
Facebook users can post their comment in the below box.