Breaking News »
Entertainment-news
Google
अपवाद असार १ गतेबाट अल नेपाल रिलिज हुने
04 June 2012 | Views : 1082
अपवाद असार १ गतेबाट अल नेपाल रिलिज हुने

जेठ ५ गते नेपाल प्रदर्शनको तयारी गरेको चलचित्र अपवाद सो दिन नेपालमा प्रदर्शन नभएपछि अन्य मुलुकमा प्रदर्शन गरेको थियो। चलचित्र अमेरिका, अस्ट्रेलिया र डेनमार्कमा प्रदर्शनरत छ।अपवाद असार १ गतेबाट अल नेपाल रिलिज हुने भएको छ।

चलचित्रका लेखक तथा निर्देशक सुवास कोइरालाले चलचित्रले बाबु र छोराबीचको सञ्चार अभावले उत्पन्न गराउने समस्या चलचित्रमा समेटिएको बताए। ‘आफ्नो सपना पूरा गर्नका लागि चलचित्रको मूल पात्रले के गर्छ भन्ने कुरालाई प्रस्ट्याइएको छ,’ कोइरालाले चलचित्र पत्रकार संघको स्पिकर्स कर्नरको सहयोगमा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने– ‘चलचित्रले सपना बुन्ने युवाको कथालाई प्रस्तुत गरेको छ।’ चलचित्रमा नायकको पिताको भूमिकामा अभिनय गरेका कलाकार रवि गिरीले ३० वर्षको अभिनय करियरमा अनौठो चलचित्रमा काम गर्न पाएकाले आफू उत्साहित भएको बताए। ‘अपवादको कथा धेरै कालसम्म दर्शकलाई स्मरण गराइरहनेछ’ –उनले भने। चलचित्रमा आमा बनेकी विजया गिरीले नौलो कथावस्तुको चलचित्रमा काम गर्न पाउँदा खुसी व्यक्त गरिन्।

चलचित्रका प्रमुख पात्र नायक राजबल्लभ कोइरालाले आफूले अभिनय गरेका चलचित्रहरू सफल र असफल हुँदै आए पनि अन्य चलचित्रको तुलनामा अपवादमा बढी लगनशील भएर काम गरेको अनुभव सुनाए। ‘अपवादसम्म आइपुग्दा मलाई अभिनय गर्न संवेदनशील बनाएको छ,’ चलचित्र र वास्तविक जीवन दुवैमा लामो दारीजुँगा पालेका नायक कोइरालाले भने– ‘मेरा चलचित्र सफल र असफल दुवै भए पनि राजबल्लभले राम्रो काम गर्ने प्रयास त गर्दो रहेछ भन्ने भावना दर्शकमा जगाउन अपवादले सहयोग पुयाउनेछ।’ चलचित्रमा नायिका निशा अधिकारीले राजको अपोजिटमा अभिनय गरे पनि पत्रकार सम्मेलनमा उनी उपस्थित थिइनन्।

सुसन प्रजापति, सुरज कोइराला र उपेन्द्र लामिछानेको संयुक्त लगानीमा निर्माण गरिएको चलचित्रको सम्पादन राजु ढुंगानाले गरेका छन् भने चलचित्रमा सुवास कोइराला, उज्ज्वल मेघी, शेखर ज्ञवाली र उपेन्द्र लामिछानेको संवाद, उज्ज्वलको गीत र संगीत तथा सुसन प्रजापतिकै छायांकन रहेको छ।


Facebook users can post their comment in the below box.

Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.