Breaking News »
Purbanchal News
Google
बजारको छडके अनुगमन
Panchthar news | 16 August 2012 | Views : 1615

पाँचथर जिल्लामा एक बर्ष पछी बाजार आनुगमन हुदा नै उपभोक्ता स्वास्थ्यमा असर पुग्ने खालका खाद्यय सामग्री बजारमा रहेको देखिएको छ । स्थानीय बसिन्दाले बजारमा कम गुणस्तरका सामानहरु पाउन थालेको गुनासो बढे पछी स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र उपभोक्ता मञ्चको संयुक्त टोलीले बुधबार पाँचथर सदरमुकाम फिदिम बजारका १७ वटा पसल अनुगमन गरेको थियो।

टोलीले मिठाई, किराना, खाद्य, होटल र रक्सी पसलमा अनुगमन गरेको थियो । अनुगामनको क्रममा मिठाई पसलमा सरसफईमा ध्यान नदिएको, मिठाईहरु न छोपी राखेको र झींगा भानेकेको मीठीहरु बेचना राखेको भेटिएको थियो। खाद्य तथा किराना पसलमा म्याद् नाघेका खानेकुरा, उत्पादन मिति नलेखिएका उत्पादन, भिजेको तेल, गुणस्तर नखुलाएका सामग्री भेटेएका थिए साथै सुर्तिजन्य पदार्थ खुल्ला रुपमा बेचिएको पाईएको थियो । साथै होटल र लजहरु फोहोर र अव्यवस्थित रहेको पाईएको थियो । बजारका अधिकांश पसलहरुमा मूल्यसूचि नटाँसिएकोले एउटा समानको भाऊ नजिकैको पसलमा समेत फरक परेको पाएको थियो ।

यस्ता उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने कार्य गरेको पाइएका पसलहरुबाट सामान बरामद गरिएको थियो साथै यस्तो कार्य पुन : नगर्न चेतावनी पनि दिएको थियो साथै सबै पसलमा अनिबार्य रुपमा मूल्यसूचि टाँस्न भनिएको थियो । पाँचथर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ आचार्यले अब नियमित रुपमा बजार अनुगमन र छडके जाच गरिने जानकारी दिनुभयो । साथै अब बिशेष गरी जिल्लाका ग्रामीण बाजारहरुमा समेत यही सातादेखि अनुगमन थालिने उहाले बताउनु भयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.