भुकम्प पिडितले अझै राहात पाएनन
Purbanchal news | 28 August 2012 | Views : 1584
२०६८ असोज १ गते गएको भुकम्पबाट पिडित भएका पूर्वका नौ जिल्लाका भुकम्प पीडितले आझै सरकारले घोसणा गरेको सहयोग पाएका छैन्न । भुकम्पवाट पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, सोलखुम्वु, र खोटाङमा क्षति भएको थियो । उक्त भुकम्पमा परी पुर्वका नौ जिल्लामा ८ हजार ७ सय ५२ घरमा पूर्ण तथा २१ हजार ८ सय ९२ घरमा आंशिक क्षति भएको थियो ।
सरकारले भुकम्पबाट पूर्ण रुपमा क्षति पुगेका परिवारलाई १ लाख रुपैया र आंशिक क्षति पुगेका परिवारलाई ५० हजार रुपैया नरम ऋण प्रदान गर्ने घोषणा गरेको थियो ।त्यसैगरी धितो नहुने परिवारलाई १० हजार अनुदान दिने सरकारले घोषणा गरेको थियो । तर पनि अहिले सम्म कुनै सहयोग मिल्न नसकेको यहाँका स्थिनीयको गुनासो छ ।
Facebook users can post their comment in the below box.