सहयोग गर्न परिवारको अपिल
Panchthar news | 29 August 2012 | Views : 2001
पाँचथर नाँगि ८ का लक्ष्मीप्रसाद काफ्लेको साउदी अरेवियामा सडक दुर्घटनामा परी तीन महिना अघी जेठ ८ गते मृत्यु भएको थियो । साउदी अरेवियामा के एफ सी (KFC) रेस्टुरेन्टमा कार्यरत उनको मृत्यु भएको तीन महिना बितिसक्यो । उनको मृत्यु भएको तीन महिना बितिसक्दा पनि शव नआएपछि सहयोग गर्न परिवारले अपिल गरेका छन् साथै परिवारले नेपाल स्थित साउदी राजदूतावासलाई सहयोग गर्न आग्रह गरेका छन्।
राजधानीको बतिस पुतली सडक स्थित रिभरओभरसिज मेनपावरमार्फत विदेश गएका काफ्लेका बुवा तुलसीरामले छोराको शव ल्याउन पहल गर्न आग्रह गर्दै राजधानीमा दुई महिना भौतारिए पनि कसैले पहल नगरेको भन्दै गुनासो गरे।
Facebook users can post their comment in the below box.
Posted By: balram sharma | Address: qatar | Posted on:2012-08-29