झुटो विवरण पेश गर्दै नगरिकता लिने प्रयास असफल
Panchthar news | 06 September 2012 | Views : 1850
पाँचथर जिल्ला प्रशासनमा झुटो बिबरण पेश गरी नागरिकता लिन खोज्ने दुई जनाको प्रयास असफल भएको छ । अमरपुर १ का देवीप्रसाद दवाडी र झापा लखनपुर ८ घर बताउने प्रभाकर दवाडीले झुटो बिबरण पेश गरी नागरिकता लिन लागेको शंका लागि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ आचार्यले अलग अलग बयान लिदा यो रहस्य थाहा भएपछी उनिहरुको यो गैरकनुनी कार्य असफल भएको हो ।
बुवा छोरा हौँ भन्दै नागरिकता लिन खोज्ने काका-भतिजलाई पक्राउ गरी स्थानीय प्रशासनले कारबाहिका लागि प्रहरीमा पठाएको छ । प्रहरीले थप अनुसन्धान गरी उनिहरु माथी नागरिकता किर्ते सम्बन्धी मुद्धा चलाउने तयारी गरेको जनाएको छ ।
Facebook users can post their comment in the below box.