Breaking News »
Purbanchal News
Google
संवेदनशील क्षेत्रमा रात्रि गस्ती
Jhapa news | 31 October 2013 | Views : 2093

चुनाव र तिहार नजिकिएसँगै झापाको दमकमा सात स्थानलाई सुरक्षाका दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ ।

चुनावी र पर्वको सुरक्षालाई मध्यनजर गरी प्रहरीले अनुगमन तथा गस्तीसमेत बढाएको छ । इलाका प्रहरी कार्यालय दमकले हालै गरेको एक अध्ययनका क्रममा ती क्षेत्रमा सुरक्षाका दृष्टिले अति संवेदनशील रहेको देखाएको हो ।

दमक वडा नम्बर–१२, दमक–१३, दमक–१ को फाल्गुनन्द चोक, दमक–१० को गोर्खाली टोल, दमक–१५ को चियादोकान, बेलडाँगी र दमक–१६ को कृष्णमन्दिर क्षेत्रलाई सुरक्षाका दृष्टिले अति संवेदनशीलको सूचीमा राखेर प्रहरीले ती क्षेत्रमा निगरानी बढाएको हो ।
इप्रका दमकका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले भन्नुभयो, “यी ६ स्थान प्रहरीको अधिक निगरानीमा छन् ।” अधिकारीका अनुसार त्यस्ता क्षेत्रमा झैझगडा, चोरी, लुटपाट तथा अन्य घटना अधिक हुने गरेको पाइएकाले पनि प्रहरीले निगरानी बढाएको हो । त्यस्ता स्थानमा आपराधिक क्रियाकलाप गर्नेलाई तत्काल समाउने र कानुनी प्रक्रियाअनुसार कारबाही चलाउने प्रहरीले जनाएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.