Breaking News »
Purbanchal News
Google
झापामा चार हजार चार सयको हाराहारीमा कर्मचारी
Jhapa news | 09 November 2013 | Views : 1948

आसन्न संविधानसभा निर्वाचन सम्पन्न गर्नका लागि झापामा चार हजार चार सयको हाराहारीमा कर्मचारी खटिने भएका छन् । निर्वाचनमा खटिने कर्मचारी छनोटको काम सम्पन्न भइसकेको र कात्तिक २१ देखि २७ गतेसम्म तालिम सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सातवटा निर्वाचन क्षेत्र भएको यस जिल्लाका २८६ स्थानमा ६४८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । सो अनुरुप क्षेत्र नं १ को ३२ स्थानमा ८६ वटा मतदान केन्द्र छन् भने क्षेत्र नं २ को ३५ स्थानमा ८९, क्षेत्र नं ३ को ५१ स्थानमा ९१ र क्षेत्र नं ४ को ३८ स्थानमा १०० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसबाहेक सातवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । त्यसैगरी क्षेत्र नं ५ को ५३ स्थानमा १०७, क्षेत्र नं ६ को ४२ स्थानमा ७७ र क्षेत्र नं ७ को ३५ स्थानमा ९८ वटा मतदान केन्द्र रहेको छ । भmापाका मुख्य निर्वाचन अधिकृत रमेशकुमार खत्रीले निर्वाचनको तयारी घनिभूत रूपमा भइरहेको उल्लेख गर्दै निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री आइसकेको बताउनुभयो । निर्वाचन आचारसंहिता उल्लङ्घनका सम्बन्धमा अहिलेसम्म लिखित उजुरी नपरेको भन्दै उहाँले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकरभिट्टादेखि दमकसम्मको ७५ किमी दूरीमा आचारसंहिताविपरीत राखिएका पोस्टर र होर्डिङ ब्यानरहरू हटाइएको बताउनुभयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.