Breaking News »
Purbanchal News
Google
पर्याप्त सवारी साधन नहुदा जोखिमपूर्ण यात्रा
Purbanchal news | 09 November 2013 | Views : 1646

पर्याप्त सवारी साधन नपाउँदा पूर्वी पहाडी जिल्लाका तिहार मनाएर फर्कनेहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य बनेका छन् । तिहार सकिएसँगै यात्रु बढेर यातायातका साधनले चाप धान्न नसक्दा मानिसहरूले मालवाहक साधनसहित बस तथा माइक्रोको छत र भित्री भागमा पनि खाँदाखाँद बसेर यात्रा गर्ने गरेका छन् ।

यात्रुवाहक साधनमा ठाउँ नपाएपछि मानिस ट्रक, ट्र्याक्टरलगायत मालवाहक साधनमा समेत खाँदाखाँद गरी यात्रा गरिरहेका छन् । बजार क्षेत्रका पक्की सडकमा भन्दा ग्रामीण क्षेत्रका कच्ची सडकमा गुड्ने यातायातका साधनमा यात्रुको चाप अझ बढी पाइएको छ । तिहार मनाएर फर्केका मानिसले सिधुवा, हिले, पाख्रिवास, लेगुवालगायत स्थानमा लामो समयसम्म गाडीमा पालो कुर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

भाइटीकाको दिन केही कम भएको भए पनि त्यसपछि पुनः चाप बढेकाले पर्याप्त सवारी साधन अभावमा यात्रुले सास्ती ब्यहोर्नुपरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.