एमाओवादी नेता माथि अज्ञात समूहद्वारा सांघातिक आक्रमण
Sankhuwasabha news | 10 November 2013 | Views : 1661
नेकपा एमाओवादी नेता तथा संखुवासभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र किरातीमाथि अज्ञात समूहले गएराती सांघातिक आक्रमण गरेको छ । स्थानीय जलजलामा चुनावी सभा सकेर फर्कने क्रममा गएराती करिब ९ बजेको समयमा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
आक्रमणबाट उम्मेदवार किराती सामान्य घाइते भएका छन् किरातीलाई लक्षित गरी गोली प्रहार भएको भएपनि उनलाई गोली लागेको छैन्। संखुवासभाका प्रहरी पमुख डीएसपी पवनकुमार गिरीले भने ।आक्रमण लगत्तै प्रहरीले एसएलआर बन्दुकसहित त्यसमा लाग्ने ११ राउण्ड गोली समेत ओखङको जंगलमा फेला पारेको छ । प्रहरीले बम पड्काउन तयारी अवस्थामा राखेको तार र व्याट्रीसमेत फेला पारेको छ ।
घटनालाई तितरवितर पार्न प्रहरीले एक राउन्ड हवाइ फायर पनि गरेको डीएसपी गिरीले बताए । घटनास्थललाई अहिले पुरै नाकाबन्धी गरी समूहको खोजि गएरातीदेखिनै गरिएको छ । किरातीको चुनावी सभा विथोल्न हिजो दिउँसो मात्रै बाटामा रुख ढालेर अवरोध गरिएको थियो।घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ७ घण्टा तथा प्रहरी कार्यालय वानाबाट ३ घन्टाको को पैदल दुरीमा पर्छ ।
Facebook users can post their comment in the below box.