Breaking News »
Purbanchal News
Google
पिच भत्कीएर हैरानी
Sankhuwasabha news | 11 November 2013 | Views : 1887

वरर्षातको सुरुवातसँगै पूर्वी पहाडी जिल्ला संखुवासभाको सडक खहरेमा परिणत हुन थाल्छन् । १२ महिनामा ६ महिना पनि राम्ररी गाडी गुड्न नसक्ने यहाँका सडकले जनतालाई सुविधा भन्दा सास्ती दिइरहेका छन् । वर्षायाम सुरु भएपछि हिलाम्ये हुने सडकमा सुख्खायाममा गाडी गुड्दा यात्रुलाई धुलोले विरुपै बनाउने गरेको छ ।

कोशी पहाडी राजमार्गको सिधुँवादेखि चैनपुर हुँदै खाँदबारीसम्म आउने सडकको दुदर्शाले यात्रुले कम्ता सास्ती भोग्पनुरेको छैन । संखुवासभाको चैनपुरदेखि टुटे देउरालीसम्मको४९ किलो मिटर लामो सडकलाई सरकारले ठेकेदारहरुमार्फत पटक पटक गरेको कालोपत्रे एक पटक गाडी गुड्दा उप्केर कता पुग्छ अत्तोपत्तो हुन्न ।

‘सडक कालोपत्रेका नाममा सडक विभागका कर्मचारी र ठेकेदार मोटाउने बाहेक अरु केही हुन सकेन । सडक विभागले ठेकेदार लगाएर २ वर्षअघि गरेको कालोपत्रे थोत्रे लुगालाई ५० ठाउँमा टालेजस्तोमात्र देखिन्छ । ‘यो सडक सबैको मागी खाने भाँडो भएको छ । यहाँ कालोपत्रे गरेको भन्दै नेता, ठेकेदार र कर्मचारी मोटाएका छन् । हामीले भोगको सास्ती वर्णन गरीसक्नु छैन ।’ यातायात व्यवसायी लाक्पा शेर्पाले भन्नुभयो ।सुनसरीको धरानबाट चैनपुर आईपुग्न ६ घण्टा पनि लाग्दैन तर कुनै बेला यहाँ आईपुग्न २ दिन बढी लाग्छ । बाटोमा पाएको सास्तीपछि यात्रुले धारेहात लगाउँदै ठेकेदार र कर्मचारीलाई गरेको गाली सुन्दा जो कसैको मन भरिएर आउँछ ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.