Breaking News »
Purbanchal News
Google
युनिटी पार्टीका उम्मेद्वार वैद्य माओवादीतिर
Morang news | 15 November 2013 | Views : 2126

जनयुनिटी को-अपरेटिभ पार्टीका मोरङ र सुनसरीका प्रत्यक्ष एवं समानुपातिक उमेद्वारहरुले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गरेका छन् ।

मोरङ क्षेत्र नं ८ का प्रत्यक्षतर्फका उमेदवार दुर्गाप्रसाद पोख्रेल, समानुपातिक तर्फका उमेद्वार राजेश खनाल, गजेन्द्र थापा, दिव्यश्वरा गैरापिप्ली, सावित्रा गैरापिप्ली र मदन गैरापिप्लीले उमेदवारी फिर्ता गरेको जनाएका हुन् । त्यसैगरी सुनसरी क्षेत्र नं ५ र ६ का प्रत्यक्ष उमेदवार धीरेन्द्र पुरीले पनि उमेदवारी फिर्ता लिएको जनाइएको छ ।

जनयुनिटी कोअपरेटिभ पार्टीले ७४ जनालाई समानुपातिक उम्मेद्वार उठाएको छ । यो पार्टीको चुनाव चिन्ह कापी र कलम रहेको छ । पार्टीका केन्द्रीय सदस्य दामोदार शर्मा आकाशको अध्यक्षमा बसेको मोरङ जिल्ला पार्टी बैठकले नेकपा-माओवादीले नेतृत्व गरेको ३३ दलको मोर्चाको आन्दोलनको नैतिक समर्थन गरेको जनाइएको छ । स्रोतका अनुसार उम्मेद्वारी फिर्ता लिएकाहरु नेकपा-माओवादीमा समूहगतरुपमा प्रवेश गर्ने तयारीमा लागेका छन् ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.