Breaking News »
Purbanchal News
Google
होलीमा खुकुरी हानहान हुँदा तीन घाइते
Purbanchal news | 22 February 2010 | Views : 1042

होलीमा मादक पदार्थ सेवन गरेका दुई युवा समूहबीच सुनसरीको इटहरी र हाँसपोसामा सोमबार खुकुरी हानाहान हुदाँ तीन जना घाइते भएका छन्।

साथीहरुसँग एकापसमा रङ दलेर रमाइलो गरिरहेका समयमा इटहरी–४ का १७ वर्षीय आशीष तामाङलाई एक समूहले खुकुरी प्रहार गरेको छ। घाँटीछेउमा खुकुरी प्रहार गर्दा उनको अवस्था चिन्ताजनक रहेको इटहरी प्रहरीले जनाएको छ।

इटहरी–४ का युवाहरुको समूहमा रहेका तामाङलाई रङ दलेर नचिनिने अवस्थामा रहेका ५०–६० जनाको सङ्ख्यामा आएका युवामध्ये केहीले खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारपछि तामाङको समूहमा रहेका सबै युवा भागभाग गरेको प्रत्यक्षदर्शी हिरा मारवाडीले बताए। उनले भने- एक्कासि युवाहरु आए, खुकुरी निकाले अनि प्रहार गरे र हिँडे।

घटनामा संलग्न भएको शङ्कामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्यामल सुब्बाले जानकारी दिए। खुकुरी प्रहारबाट घाइते तामाङको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

यसैगरी, हाँसपोसामा दुई समूहबीचको झगडामा भएको खुकुरी प्रहारमा इटहरी–२ का सोमबहादुर राई र दिपेश थापा घाइते भएका छन्। घाइते दुवै जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको जनाइएको छ।

Facebook users can post their comment in the below box.
Comment Section
hain yo nepal ma ke ke matrai hunchh hou ??
Posted By: gobinda | Address: Qatar | Posted on:2010-03-04









Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.