Breaking News »
Purbanchal News
Google
दाइजोका कारण छिनिएको विवाह भएन
Purbanchal news | 22 February 2010 | Views : 880

विवाह गर्ने आश्वासन दिएर दाइजोको लोभमा केटा पक्षले धोका दिएपछि एक युवतीले कानुनी निकायसमक्ष मद्दतका लागि हारगुहार गरेकी छिन्।

मोरङको निमुवा– ७ की सरिता चौधरीले आफूलाई सोही ठाउँका गङ्गाराम चौधरीले पहिले विवाह गर्ने आश्वासन दिएको तर पछि दहेज नपुगेको भन्दै फरार भएकाले आफूलाई अलपत्र बनाएको भन्दै जिल्ला प्रहरी कार्यलयसमक्ष न्यायका लागि हारगुहार गरेकी हुन्।

सरिताले गङ्गारामको परिवारले विवाहको मिति छिनेपछि दाइजोका रुपमा महँगो गाडी र जमिन मागेर विवाह नगर्न अवरोध खडा गर्न खोजेको बताएकी छिन्।

उनको परिवारले एकमात्र छोरीको भविष्यका लागि मागे जति दहेज दिन तयार भए तापनि केटा पक्षको परिवारले छोरा गङ्गारामलाई भगाएर धाकधम्की दिने गरेको सरिताका हजुरबुबा बोधनारायण चौधरीले बताए।

पीडित युवतीका पक्षका अधिवक्ता शान्ति मोदीले केटा पक्ष धनी र पहुँचवाला भएकाले शक्तिको आडमा युवतीलाई अलपत्र पार्ने प्रयत्न गरिरहेको बताए।

उनले प्रहरीले मुद्दा दर्ता गर्न नमानेकाले पीडितले अदालतमार्फत् न्याय खोज्ने जानकारी पनि गराए। अधिवक्ता मोदीले केटा पक्षले आफूलाई पनि पीडित पक्षको वकालत नगर्न धम्की दिएको बताए।
- रासस

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.