Breaking News »
Purbanchal News
Google
अलैँची उत्पादन घट्दा ६ करोड घाटा
Khotang news | 16 July 2010 | Views : 1176

खोटाङमा अलैँची उत्पादन कम हुँदा करिब ६ करोड रुपैँया घाटा भएको छ।

यहाँको १६५ हेक्टर क्षेत्रफलमा गरिँदै आएको अलैँची उत्पादन ६० प्रतिशतले कमी हुँदा ठूलो आर्थिक घाटा भएको अलैँची उत्पादक सङ्घ, खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताए।

व्यावसायिकरूपमा अलैँची खेती गरेर आत्मनिर्भर बन्दै आएका कृषकहरू अलैँचीको उत्पादन घटेपछि चिन्तित बनेका हुन्।

जिल्लाका सावाकटहरे, वाप्लुखा, लिकुवापोखरी, रतन्छा, च्यानडाँडा, नेर्पा, दोर्पा, खार्तम्छा, फेदी, बाँसपानी, सप्तेश्वर, बाक्सिलालगायतका स्थानमा व्यावसायिक अलैँचीखेती गरिँदै आएको छ।


यस वर्ष अलैँची फुल्दै गरेको समयमा लागेको खडेरीका कारण बोट मरेपछि यसको उत्पादनमा कमी आएको हो।


जिल्ला कृषि विकास कार्यालय, खोटाङले खडेरीले अलैँची सुकेपछि उत्पादन घटेको जनाएको छ। यहाँका दुई दर्जन गाविसका कृषकले लामो समयदेखि व्यावसायिक अलैँची खेती गरिँदै आएका छन्।


अलैँचीलाई नै प्रमुख नगदेबाली मान्दै आएका कतिपय किसानले अलैँची बिक्री गरेर वार्षिक दसपन्ध्र लाख रुपैँयासम्म आम्दानी गर्दैआएका थिए।

अलैँचीको उत्पादन घटेपछि यो वर्ष प्रति टन ९ हजार देखि २७ हजार रुपैँयासम्ममा बिक्री गरिएको कृषकहरूले बताएका छन्।

�यहाँ उत्पादन भएको अलैँची भारत, भुटान, थाइल्याण्डलगायतका देशमा निर्यात गर्दै आएको बताइएको छ । रासस

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.