Breaking News »
Purbanchal News
Google
भोजपुरमा उपभोग्य सामाग्रीको अभाव
Bhojpur news | 30 September 2010 | Views : 993

�दशैं नजिकिंदै आएको बेला भोजपुरमा उपभोग्य सामाग्री अभाव भएको छ । बर्षायाममा बिग्रिएको सडक मर्मतसम्भार नभएपछि यातायात सेवा संचालन नहुँदा ढुवानी नभएपछि उपभोग्य वस्तुको अभाव भएको हो ।

भोजपुर सदरमुकामस्थित व्यापारीका अनुसार चिनी, खाद्यान्न, नुन, तेल, मटितेल, दाल, चामल, थुक्पा, चाउचाउ, बिस्कुट, चिउरा लगायत बिभिन्न उपभोग्य वस्तुहरुको अभाव हुन थालेको छ । यातायात नचलेपछि धनकुटाको लेगुवादेखि भोजपुरका लागि सामान ढुवानीमा कठिनाई भएको छ ।

बर्षायाममा अत्याधिक बर्षा र बाढीपहिरोको कारण अबरुद्ध हिले-भोजपुर राजमार्ग सडक बिभागले मर्मतसम्भार नगरेपछि यातायात सेवा बन्द छ । धनकुटा र भोजपुरको सिमावर्ती अरुण नदीमा पानीको बहाव नघटेपछि सवारी आवागमनको लागि अस्थायी रुपमा संचालित फेरी समेत बन्द छ । बर्षायाममा अत्याधिक पानी परेपछि बाढी र पहिरोले क्षती पुर्‍याएपछि लेगुवादेखि भोजपुर हुँदै खोटाङ सदरमुकाम दिक्तेलसम्म यातायात सेवा अबरुद्ध छ । सडक बिग्रिएपछि ढुवानी तथा यात्रुबाहक सवारी चलेका छैनन् ।

मालबाहक सवारी नआएपछि भोजपुरमा उपभोग्य वस्तुको अभाव हुन थालेको भोजपुर उद्योग बाणिज्य संघले जनाएको छ । भोजपुर सदरमुकामस्थित व्यापारीले तीन महिनादेखि सामान ढुवानी गर्न पाएका छैनन् । एक साताभित्र यातायात संचालन नभए भोजपुर सदरमुकामलगायत आसपासको बासिन्दालाई हाहाकार हुने उद्योग वाणिज्य संघका उपाध्यक्ष डम्बर श्रेष्ठले बताए ।

ढुवानीका लागि संचालित ठूला मालबाहक ट्रकहरु नचलेपछि कतिपयले ट्रयाक्टरद्वारा सामान ढुवानी गर्दै आएका छन् । तर ट्रयाक्टरलाई समेत लेगुवादेखि भोजपुर आइपुग्न १० देखि १५ दिनसम्म लाग्ने गरेको व्यापारी शिव श्रेष्ठले बताए । ट्रयाक्टरबाट जोखिमपूर्ण सडकमा सामान ढुवानी गरेवापत ट्रयाक्टर व्यावसायीले चर्को भाडा अशुल्ने गरेका छन् । कपडा व्यापारीले ट्रयाक्टरलाई प्रतिकेजी २२ रुपैंयाँका दरले भाडा दिएपछि दुई सातामा सामान ल्याइ पुर्‍याउने गरेका छन् । सुख्खा मौसममा ढुवानी दर प्रतिकेजी ४ रुपैंयाँ छ । उपभोग्य सामाग्रीमा महङ्गो भाडा तिर्दा उपभोक्ता मारमा पर्ने भएकोले सडक मर्मतसम्भार गरेपछि मात्र सामान ढुवानी गर्ने व्यापारी श्रेष्ठले बताए ।

कच्ची सडकमा ट्रयाक्टर चलाउँदा ट्रयाक्टरको चक्काले सडक भासिने, खाल्डो बनाउने र बिग्रने गरेको छ ।

जरायोटार, प्याउली, तिवारीभन्ज्याङ, श्यामसिला, भैंसिपंखालगायत बिभिन्न ठाउँमा सडक बिग्रिएको छ । सडक बिभागले दशैंअघि यातायात खुलाउनका लागि सडक मर्मतसम्भार गर्ने आश्वासन दिएपनि हालसम्म काम शुरु नगरेपछि दशैंका लागि व्यापारीले कुनै पनि सामाग्री ढुवानी गर्न नसक्ने जनाएका छन् । व्यापारीले दशैंअघि घर पेन्टिङ र� लिपपोत गर्ने चुना, इनामेललगायत रङ्गका सामाग्री ल्याइसकेका छैनन् ।

इनामेल लगायत रङ्ग पेन्टीङ सामाग्री नपाएपछि भोजपुर बजारबासीले यसपाली घर रङ्गाएका छैनन् ।� भात पकाउने ग्यास पुरै अभाव रहेको ग्यास बिक्रेता बुद्ध धातु सप्लायर्सका बद्री श्रेष्ठले बताए ।

गतबर्ष यातायात व्यावसायी आफैले १५ लाख रुपैंयाँ संकलन गरेर सडक मर्मतसम्भार गरेर दशैंका लागि सवारी संचालन गरेका थिए । यसपाली भोजपुर जिविस र सडक बिभागले दशैंअघि नै खुलाइदिने आश्वासन दिएपनि हालसम्म चासो नदिएको उद्योग वाणिज्य संघले जनाएको छ ।

धनकुटास्थित सडक बिभागका इन्जिनियर कमलदेव साहले तत्काल जनशक्ति परिचालन गर्ने आश्वासन दिएपनि हेभिइक्विप्मेन्ट डोजरले मात्रै सडक मर्मत चाँडो हुने यातायात व्यावसायीले बताएका छन् । सडक बिभागले बर्षा नरोकिएकोले सडक मर्मत गर्न कठिनाई भएको जनाएको छ । लेगुवादेखि भोजपुरसम्म ६६ किलोमिटर सडक बिभागले र भोजपुर जिविसले सदरमुकामदेखि चिहानडाँडासम्म ४२ किलोमिटर सडक मर्मतसम्भार गर्नुपर्नेछ । सडक मर्मत गर्न रकम अभाव रहेको सडक बिभागका इन्जिनियर कमलदेव साहले बताए । कर्मचारीको तलव सापटी लिएर भएपनि सडक मर्मतको लागि यथाशिग्र जनशक्ति परिचालन गर्ने इन्जिनियर साहले बताए ।

Kantipur

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.