Breaking News »
Purbanchal News
Google
लिम्बुवानद्धारा धरानमा मतदाता नामावली संकलनमा अवरोध
Sunsari news | 30 September 2010 | Views : 567

निर्वाचन आयोगले संचालन गरिरहेको पछिल्लो मतदाता नामावली संकलन कार्य संघीयता र लिम्बुवान स्वायत्तता विरोधी एकात्मक सरकारको अवधारणा भएको ठहर गर्दै मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले धरानमा अवरोध गरेको छ ।

परिषदका कार्यकताहरूले बिहीबार बिहान धरानको विभिन्न वडामा मतदाता नामावली संकलनका लागि तयार पारिएका कागजपत्र र प्रचार सामाग्री कब्जामा लिएको छ । परिषद्ले संघीयता र लिम्बुवान राज्यको ग्यारेन्टी नभएसम्म निवार्चनका कुनैपनि गतिविधी हुन नदिने भन्दै विरोध जनाउँदै आएको छ । परिषद्का अध्यक्ष कुमार लिङदेनले मतदाता संकलन कार्य हुन नदिने चेतावनी दिएको तीन दिनपछि दमक र धरानमा मतदाता संकलनमा अवरोध पुगेको हो ।

निर्वाचन आयोगले संचालन गरेको तस्वीर सहितको मतदाता नामावली संकलन कार्य लिम्बुवान स्वायत्तता विरोधी भएको भन्दै परिषद्ले पहिलो चरणमा धरान १९ को चौकिबारी र वडा- ९ को बगैचालाइन र आचार्यलाइनमा अवरोध पारेको छ ।

��� लिम्बुवानमा लिम्बुवान स्वायत्त सरकार भए पछि संघीय सरकारसँग सल्लाह गरेर आफै मतदाता नामावली संकलन गर्ने परिषद्ले जनाउँदै निर्वाचन आयोगले संचालन गरेको काम नरोके थप अवरोध गर्ने चेतावनी दिएको छ । धरानमा नामावली संकलन गर्न नदिन परिषदले दुईसय जनाको युवा दस्तालाई मोटरसाइकलमा परिचालन गरेको छ ।

��� मतदाता नामावली संकलनका लागि निर्वाचन आयोगले खटाएका कर्मचारीहरू घरदैलोमा पुगेर नामावली संकलन गरी रहेका बेला परिषद्का कार्यकताहरूले ती कागजपत्र र प्रचार सामाग्री कब्जामा लिएको परिषद्का केन्द्रीय सदस्य दिलकुमार फोम्बोले बताए । उनले फोटो सहितको मतदाता परिचय पत्र संकलन गर्ने कार्य संघीय गणतन्त्र र लिम्बुवान स्वायत्तता विरोधी एकात्मक शासन व्यवस्थाको अवधारणा भएको ठहर गर्दै परिषद्ले अमान्य घोषित गरेको बताए ।

एकात्मकवादी निर्वाचन आयोगले लिम्बुवानको नगरपालिकाहरूमा आफुखुशी मतदाता नामावली संकलन गर्ने कार्य षडयन्त्रकारी भएकाले कागजपत्र र प्रचार सामाग्री कव्जामा लिएको परिषदका जिल्ला सचिव भीम इथिङ्गोले बताए । मतदाता संकलन गर्ने कार्य भोलिको लिम्बुवान सरकार र संघीय नेपालको सरकारले मात्र गर्ने जनाउदै हतार हतार एकात्मक संरचनाको आयोग र यसका एकात्मक नियमहरुलाई लाद्नुको कुनै औचित्य नभएको जनाएको छ ।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.