Breaking News »
Purbanchal News
Google
सोलुका लागि तिहारमा काठमाडौंका फुल
Solukhumbu news | 02 November 2010 | Views : 2477

सोलुका लागि तिहारमा काठमाडौंका फुल
तिहारको समयमा बारिभरी ढकमक्क देखिने सयपत्री फुल यस वर्षतिहार आउन केही दिन बाँकी हुँदासमत छैन । कसैको पनि बगैचा या बारीमा भाई पुज्ने फुल छैन यस वर्ष ।

मौसम परिर्वनका कारण जिल्लाका सबैजसो क्षेत्रमा दुई वर्षयता फुल अभाव हुन थालेको हो ।� कसैको बारीमा फुल नभएपछि तिहारमा भाईलाई लगाईदिने फुल अभाव भएको हो । सधै बैशाखमा बीउ राखेर असारमा बेर्ना सारेपछि असोज कात्तिकमा ढकमक्क फुल्ने फुल यस पटक कसैको घर वरपर देखिंदैन ।

\'असारकै पानीले फुल मरेपछि समस्या भयो\' तिङ्ला ८ की नानीमैया खड्काले भनीन् । अब तिहारको फुल काठमाडौबाट भिकाउनुपर्ला ।

सदरमुकाम आसपासका र पहुँच भएकाले काठमाडौंबाट फुल झिकाएपनि पहुँच नभएकाहरुले बारी र बगैचामा जुन फुल फुलेको छ त्यसैको माला लगाउनुपर्ने बाध्यता छ ।

\'फुल राम्रो फुल्न छाडेको तीन चार वर्षभयो\' स्थानिय खड्ग कार्कीले भने । फुलको बेर्ना सार्ने बेलामा अत्याधिक पानी पर्ने र फुल खुइलिने भएकाले उत्पादन घटेको हो । \'वर्षेनी यही बारीमा फुल लाएर नसक्ने हुन्थ्यो अहिले बीउ पनि नआउने भयो\' फुल बेच्दै आएका नेले २ जोगराकी सानुमाया विकले भनिन् । यसपाली त फुल नै छैन ।

तिहार नजिकिंदै गर्दा गाउँका सबैजसो दिदिबहिनीलाई फुलको समस्याले सताएको छ । खोज्दा पनि नपाईने, किन्न पनि नपाईने फुल काठमाडौंमा आफन्त हुनेहरुका माईतिले मात्र लगाउन पाउने अबस्था छ । \'यहाँ किन्न पनि पाईन्न, काठमाडौंबाट पठाईदिनु भनेको छु\' सल्लेरी ५ की विष्णु खड्काले भनिन् ।

लगातारको वर्षेझरी र मौसम बदलिएका कारण सयपत्री फुल हराउँदै गएको स्थानीयहरुको भनाई छ । सयपत्री फुल नपाए कागजको माला लगाउनुपर्ने अबस्था जिल्लाबासीको छ । \'सक्नेले काठमाडौंबाट झिकाउँछन्, नसक्नेले कागजको किन्नुपर्ला\' सोताङकी तुलसा बस्नेतले भनिन् । �

kantipur

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.