Breaking News »
Purbanchal News
Google
बन्दले पूर्व प्रभावित
Dhankuta news | 24 November 2010 | Views : 1181

संघीय लोकतान्त्रिक पार्टिले आव्हान गरेको बन्दको दोस्रो दिन बुधबार कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात प्रभावित भएको छ ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै पार्टिले बन्द गराएको जनाएको छ । मोरङ्को बयरबनमा बैंक लुटपाटको आरोपमा प्रहरीले उक्त पार्टिका कार्यकर्ता शेरबहादुर लिम्बु लगायतलाई पक्राउ गरेकोले तत्काल मुक्त गर्न दवाव स्वरुप बन्द गरिएको स्रोतले जनाएको छ । पार्टिले अरुण पूर्वका नौ जिल्लामा बन्दको घोषणा गरेको छ ।

बन्दका कारण धरान-धनकुटा सडकमा दुध तथा तरकारी बोक्ने सवारी साधन बाहेक अन्य साधन ठप्प रहेको प्रहरीले जनाएको छ । धनकुटा सदरमुकाम भएर अन्यत्र सञ्चालन हुने नियमित सवारी साधन समेत प्रभावित छ । बजार, पसल तथा शिक्षण संस्था भने खुलेका छन् ।

सुनसरी/ बन्दले अरुण पुर्वका ९ जिल्लाको यातायात प्रभावित भएको छ । पुर्वपश्चिम र कोसीसहित सहायक राजमार्गहरुको आवागमन ठप्प भएकोछ । पार्टीले केन्दि्रय सदस्य पम्फा किराँती, पाण्डव किराँती र संघीय भोलेन्टियर्स फोर्स लिम्बुवान उपकमाण्डर शेरबहादुर लिम्बुलाई तत्कालै रिहा गर्नुपर्ने माग गर्दै दुई दिने बन्द आह्वान गरेको हो ।

सबै जिल्लामा प्रभाव नपरेको पुर्व क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय इटहरीले जनाएकोछ । राजमार्गमा फाट्टफुट्ट सवारी चले । राजधानी जाने र आउने साधन निर्वाध चले । शहरी क्षेत्रका व्यवसाय खुलेका छन् । उद्योग संचालनमा कुनै अवरोध भएको छैन ।� राजमार्गको इटहरी-बयरवन खण्डमा पार्टीका कार्यकर्ता लाठी बोकेर आवागमन ठप्प गर्न खटिएका छन् । लिम्बुलगायतलाई प्रहरीले मोरङ्को बयरबनबाट कात्तिक १५ गते पक्राउ गरेको थियो । पक्राउ गरेको तीन साता हुँदासम्म लिम्बुलगायतलाई हिरासतमा राखेर यातना दिएको भन्दै पार्टी आन्दोलनमा उत्रेको हो ।�

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.