Breaking News »
Purbanchal News
Google
रक्षामन्त्री चढेको हेलिकप्टर बाँसमा ठोक्कियो
Bhojpur news | 25 November 2010 | Views : 1134

रक्षामन्त्री विद्या भण्डारी चढेको हेलिकप्टर भोजपुरको दोभानेमा बुधबार अवतरण गर्न लाग्दा पँखाले बाँसको टुप्पामा लागेपछि फर्काएर राजधानी ल्याइएको छ ।

सेनाको एम आई १७ हेलिकप्टरका पंखामा ठक्कर लागेपछि भण्डारीसहितको टोलीलाई फर्काएर सदरमुकाम भोजपुर हुँदै राजधानी ल्याइएको हो ।

\'ल्यान्ड गर्न नसकेपछि दोभानेबाट फर्कियौं,\' हेलिकप्टरमा रक्षामन्त्रीसँगै रहेका उनका प्रेस सल्लाहकार सुवास देवकोटाले भने । मन्त्री भण्डारीले दोभानेको उच्च माविको भवन उद्घाटन गर्ने कार्यक्रम थियो ।

अवतरण क्रममा हावाले बाँसलाई हल्लाई हेलिकप्टरका पंखा (रोटर) मा लागेको थियो । त्यसपछि हेलिकप्टरलाई फर्काएर सदरमुकाम भोजपुर ल्याइएको थियो । भोजपुरमा हेलिकप्टरमा रहेका सेनाकै इन्जिनियरले सामान्य मर्मत गरेपछि दिउँसो ४ बजे राजधानी फर्काइएको हो ।

सेनाको एयरपोर्टस्थित ११ नं. बाहिनीका निमित्त प्रमुख सतीशविक्रम शाहले बाँस हल्लिई सामान्य दबाब दिएकाले फर्काइएको बताए । \'उडान खतरामुक्त भएपछि हेलिकप्टर फर्काइएको हो,\' शाहले भने ।

हेलिकप्टर ठूलो तर हेलिप्याड सानो हुँदा समस्या भएको प्राविधिकहरूले बताए । सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले भने \'हेलिकप्टरमै रहेका इन्जिनियरले निरीक्षण गरी खतरा नभएको निश्चित भएपछि उडान भएको\' कान्तिपुरलाई बताए ।

Kantipur

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.