Breaking News »
Purbanchal News
Google
यौन व्यवसाय व्यवस्थित पार्न उदयपुरमा यौन अधिकार सञ्जाल गठन
Udayapur news | 03 December 2010 | Views : 1398

यौन व्यवसायलाई समाजमा कानुनबमोजिम खुलारुपमा सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै यौन अधिकारकर्मीहरुले उदयपुरमा यौन अधिकार सञ्जाल गठन गरेका छन्। लुकिछिपी हुने यौन सम्पर्कलाई व्यवस्थित तुल्याउन पहल गर्ने उद्देश्यले यो गठन भएको उनीहरुले बताएका छन्।

माधवप्रकाश पराजुलीको अध्यक्षतामा गठित सात सदस्यीय समितिको सचिवमा वन्दना भण्डारी र सदस्यहरुमा विमला ढुङ्गाना, गङ्गा राई, राजु तुलाधर, डबलकुमारी राई र निर्मला कटुवाल छन्। जिल्लाका अगुवा अधिकारकर्मीहरु दुर्गाकुमार थापा, सिर्जना दनुवार र प्रभाकर श्रेष्ठ सल्लाहकार छन्।

स्थानीय मानव अधिकार क्षेत्रमा क्रियाशील व्यक्तिहरु सदस्य रहेको समितिले गाईघाट, कटारी, बेल्टारलगायत् जिल्लाका विभिन्न बजारमा लुकिछिपी यौन व्यवसाय सञ्चालन गर्नेहरुलाई कानुनी दायरामा ल्याएर खुल्ला गर्न राज्यसमक्ष दबाव सिर्जना गर्न वकालत थाल्ने जनाएको छ।

यौन व्यवयाय पनि अन्य व्यवसायसरह मान्यताप्राप्त हुनुपर्ने तर समाजमा नकारात्मक असर पार्न नहुने गरी कानुनी प्रावधानको व्यवस्था गर्न समिति गठन गरिएको अध्यक्ष पराजुलीले बताए। \'स्त्री र पुरुषको राजीखुसीबमोजिम सुरक्षित र सावधानीपूर्वक यौन सम्पर्क गर्न पाउनुपर्ने कानुनी व्यवस्था निर्माण गर्न हामी सङ्गठित भएका हौं\'- उनले भने।

nagarik

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.