Breaking News »
Purbanchal News
Google
मेची बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्यो
Jhapa news | 27 May 2011 | Views : 1755

मेची बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप घट्यो

कुनै बेला हुलका हुल विद्यार्थी हुने भद्रपुरको मेची बहुमुखी क्याम्पस यतिबेला सुनसान जस्तै बनेको छ ।झापाका मात्र होइन पूर्वी पहाडी जिल्लाका सयौँ विद्यार्थी मेची बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउने गर्दथे । साढेचार हजार विद्यार्थीसम्मलाई अध्ययनको सुविधा दिने मेची बहुमुखी क्याम्पसमा यतिबेला एक हजार पाँच सय ८४ विद्यार्थी भर्ना भएका छन् । तर नियमित आउने विद्यार्थीको संख्या अत्यन्तै न्यून रहेको छ । मानविकी व्यवस्थापन विज्ञान र कानुन सङ्काय साचालित भए पनि एक दशकदेखि कानुनमा विद्यार्थी छैनन् । कानुनका शिक्षक मात्र होइन इतिहास लगायतका विषयमा पठनपाठन हुन छाडेको वर्षौं भइसक्यो । एक दर्जनभन्दा बढी शिक्षकले पढाउनै पर्दैन ।

मेची बहुमुखी क्याम्पसमा तीनवर्ष यतादेखि विद्यार्थीको संख्या ओरालो लागेको हो । झापामा ५४ वटा उच्च माध्यमिक विद्यालय साचालित छन् । जसमध्ये १४ वटामा स्नातक तहका विषय पठनपाठन हुने गर्दछ । एमबीएस र नेपाली विषयमा डिग्री कक्षा साचालन भए पनि विद्यार्थीको आकर्षण बढ्न सकेको छैन ।

मानविकी र व्यवस्थापनका लागि २८ कोठाको दुईतले भवन रहेको छ भने डिग्री र विज्ञान सङ्कायका लागि छुट्टाछुट्टै भवन रहेको छ । होस्टल स्ववियु भवन पुस्तकालय शिक्षक आवासगृह चमेना गृहका लागि अलग-अलग भवन निर्माण गरिएको छ । भौतिक पूर्वाधारले सम्पन्न मेची बहुमुखी क्याम्पस १६ बिघा चार कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

२०१३ सालमा भद्रपुर हाइस्कुलबाट पठनपाठन सुरु गरेको यस क्याम्पसले ०२५ सालदेखि आफ्नै भवनमा पठनपाठन कार्य सुरु गरेको हो । क्याम्पसको झापा शरणामती गाविसमा एक सय २० बिघा खेती रहेको छ । तर गत वर्षदेखि क्याम्पसले खेतीबाट एक रुपैयाँ पनि पाउन नसकेको क्याम्पस प्रमुख चिन्तामणि दाहालले बताउनुभयो । क्याम्पसको जमीनमा खेती गर्ने एक सय ८० घर परिवारले जोताहाको निस्सा माग गर्दै क्याम्पसलाई ठेक्का बुझाउन छाडेको उहाँले बताउनुभयो । प्रमुख दाहालले ठेक्का उठाउन प्रशासनमा पटक-पटक आग्रह गरे पनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
क्याम्पसमा विद्यार्थीको चाप घट्दै गएपछि एक सय २५ प्राध्यापक र ५९ जना कर्मचारी फुस्रदिला भएका छन् । प्राध्यापक निजी शैक्षिक संस्थामा धाउने कार्यले पनि क्याम्पसप्रतिको आकर्षण घट्दै गएको हो ।

समयसापेक्ष विषय पठनपाठन हुन नसक्दा विद्यार्थीको आकर्षण घटेको बताउनुहुन्छ निवर्तमान स्ववियु सभापति असारु राजवंशी । सभापति राजवंशीले क्याम्पस र विश्वविद्यालयको लापरबाहीले सरकारी क्याम्पसमा विद्यार्थीको आकर्षण घटेको आरोप लगाउनुभयो । शरणार्थी विद्यार्थी तेस्रो मुलुक गएका कारण पनि विद्यार्थीको चाप घटेको भन्ने तर्कप्रति विद्यार्थी नेता राजवंशी विश्वास गर्न नसकिने बताउनुहुन्छ ।

राजनीतिज्ञ डाक्टर इन्जिनियर बनेका व्यक्तिहरु मेची बहुमुखी क्याम्पसका उत्पादन पनि छन् । सीपी मैनाली आरके मैनाली द्रोणाचार्य क्षेत्री डा। युवराज खतिवडा लगायतका राजनीतिज्ञदेखि विज्ञहरु पनि यसै क्याम्पसका उत्पादन हुन् । मेची बहुमुखी क्याम्पसको शैक्षिक सुधारका लागि तत्काल कदम नचाल्ने हो भने केही वर्षभित्रमै क्याम्पस विद्यार्थी सङ्ख्या शून्य हुन बेर लाग्दैन । यसतर्फ त्रिभुवन विश्वविद्यालय पनि गम्भीर बन्नैपर्छ ।


Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.