Breaking News »
Purbanchal News
Google
अपहरित बालिकाको उद्धार
Terhathum news | 01 June 2011 | Views : 1673

अपहरित बालिकाको उद्धार

विगत दुई सातादेखि तेह्रथुमबाट बेपत्ता बनाइएकी एक बालिकाको सुनसरीको धरानबाट आज उद्धार गरिएको छ ।

जेठ ४ गते तेह्रथुमको बसन्तपुरस्थित मुसाङ्खेलबाट हराएकी ११ वर्षीया धनमाया श्रेष्ठको उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । नेपाल राष्ट्रिय महिला दबाब समूहले उनलाई धरान नगरको जिरोप्वाइन्टमा फेला पारेको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले बालिकाको अपहरणमा संलग्न रहेको आशंकामा १८ वर्षीय सरिता सुनुवारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले क्याबिन रेस्टुरेन्टमा जागिर लगाइदिने प्रलोभनमा सुनुवारले अपहरणको शैलीमा बालिकालाई धरान ल्याएको बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक दीपक रेग्मीले अभियुक्त सुनुवारमाथि थप छानविनका लागि उनलाई तेह्रथुम प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।


Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (323 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.