Breaking News »
Purbanchal News
Google
खोटाङ र ओखलढुङगामा २१ घाईते सुनसरीमा मृत्यु
Khotang news | 01 June 2011 | Views : 1525

यात्रुबाहक बस दुर्घट्ना हुदा खोटाङमा १४ जना घाईते भएका छन् । सदरमुकाम दिक्तेलबाट यात्रु बोकेर जयरामतर्फ जादै गरेको बा २ ख २४९२ नम्बरको यात्रुबाहक बस आज बिहान बाहुनीडाडा-२ को चिसापानीमा पल्टिदा १४ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक टेकबहादुर तामाङले बताउनु भयो । घाईतेहरुमध्ये दुई महिलासहित ६ जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शी भीमाकुमारी भुजेलले जानकारी दिनु भयो ।

दुर्घट्नामा बाक्शीला-९ की विजया श्रेष्ठ, भोजकुमार श्रेष्ठ, विवेक श्रेष्ठ,� दिक्तेल-४ का शिवप्रसाद आचार्य, खार्मी-६ का किर्नीमाया तामाङ र रिन्जी तामाङ, बासपानी-७ का अमृता बिश्वकर्मा र भक्तबहादुर बिश्वकर्मा,� बाकाचोलका तुलसा राई, उनकी छोरी पूजना राई र सिराह धनगढीका श्यामकुमार शाह, हिरादेबी शाह, उनका छोरा किसनकुमार शाह र छोरी काजलकुमारी शाह घाईते भएका हुन् । चालक लक्ष्मण राई पनि सामान्य घाईते भएको प्रहरी नायब उपरिक्षक तामाङले बताउनु भयो । गम्भीर घाईतेहरुलाई टिफरमा बोकेर उपचारकालागि जयरामहुादै कटारीतर्फ लगिएको छ, भने सामान्य घाईतेहरुको च्यास्मीटार उपस्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

घाईतेहरुमध्ये कसैको हात, कसैको खुट्टा र ढाड भाचिएको प्रत्यक्षदर्शीले बताएका छन् । कतिपय घाईतेको टाउको फुट्नुका साथै शरिरका बिभिन्न भागमा चोट लागेको छ । ब्रेक फेल हुादा बस सडकमा पल्टिएर उत्तानो परेको बताइएको छ । यसैबीच, ओखलढुङगामा भएको जीप दुर्घटनामा सात जना घाईते भएका छन् । च्यानम गाबिसबाट सदरमुकाम ओखलढुङगा बजारतर्फ जाादै गरेको बा ८ ज ४४६ नम्बरको जीप आज बिहान च्यानम-४ कोठघरमा दुर्घटना हुदा सात जना घाईते भएका हुन् । घाईतेहरुको ओदलढुङगा मीसन हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका प्रहरी नायब उपरिक्षक अबिनारायण काफ्लेले बताउनु भयो । उनीहरुको अवस्था सामान्य रहेको छ । अर्को गाडीलाई नाघेर जान खोज्दा दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
सोमबार सुनसरीको पकली र लौकहीमा सवारी दुर्घटना तथा आगलागीमा परेर दुई जनाको ज्यान गएको छ।
प्रहरीका अनुसार लौकहीमा ना३ख ३९४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा भोक्राहाका १० वर्षीय बालक राजकुमार साहको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै सुनसरीको पकली-५ का ६० वर्षीय वृद्धको मृत्यु भएको छ। परालको कुन्युमा सुतेका उनले आफैंले खाएको चुरोटले सल्किएर आगो लाग्दा उनको मृत्यु भएको बताइएको छ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (327 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.