Breaking News »
Purbanchal News
Google
परशुराम बस्नेतको भाषणपछि झडप
Sankhuwasabha news | 17 November 2013 | Views : 2639

युवा संघका नेता परशुराम बस्नेतको भाषणपछि भएको झडपका क्रममा कांग्रेस कार्यकर्तामाथि छुरा हानेको अभियोगमा युथफोर्सका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो चैनपुरमा सम्पन्न एमाले क्षेत्र नं। २ को चुनावी सभापछि भएको झडपमा कांग्रेस कार्यकर्तामाथि छुरा हानेको अभियोगमा सिद्धकाली गाविस निवासी युथ फोर्सका सदस्यहरु पासाङ शेर्पा र दोर्ची शेर्पालाई प्रहरीले पक्राउ गरेको हो ।

एमालेकी उपाध्यक्ष विद्या भण्डारीसागै काठमाडौंबाट हेलिकोप्टरमा आएका युवा संघका नेता बस्नेतले भाषणका क्रममा कांग्रेस समर्थक युवा थमन गुरुङलाई ‘गुण्डा’ भनेपछि हिंसात्मक झडप भएको थियो । झडपका क्रममा एमाले कार्यकर्ताको आक्रमणबाट ढुंगाले लागेर जीवन लिम्वू गम्भीर घाइते भएका छन् । एमाले कार्यकर्ताले हानेको छुराले लागेर वौद्य लिम्वु घाइते भएका थिए ।

घाइतेमध्ये जीवनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते बौद्धको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । कांग्रेसविरुद्ध गालीगलौजसहितको चर्को भाषण गरेर परशुराम बस्नेत एमाले उपाध्यक्ष भण्डारीँसगै हेलिकोप्टरबाट काठमाडौं गएलगत्तै शनिबार सााझ झडप भएको थियो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
Most Popular News
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (325 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.