Breaking News »
Purbanchal News
Google
जनता बमसँग नतर्सने - सुवास नेम्बाङ
Ilam news | 16 November 2013 | Views : 1776

नेकपा एमालेका नेता सुवास नेम्बाङले नेपाली जनता बमसँग नतर्सने बताउनुभएको छ । इलाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेम्बाङले चुनावी वातावरण उत्कर्समा पुगेका कारण निर्वाध रुपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

वार्ताबाट समस्या समाधान गर्न खोज्दा नेकपा(माओवादी नमानेको भन्दै नेता नेम्बाङले संविधान निर्माणका लागि भएको निर्वाचन बहिष्कार गर्नु ठूलो गल्ति भएको बताउनुभयो ।

निर्वाचनमा भाग लिनु जनताको अधिकार भएको र संविधानसभा निर्वाचन ऐतिहासिक भएकाले जसरी पनि भोट हाल्न सक्ने वातावरण बनेको भन्दै नेम्बाङले अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने र सम्पूर्ण समस्या हराएर जाने बताउनुभयो ।

“विगतमा धेरै उपलब्धि हासिल गरियो तर तिनलाई संस्थागत र मूर्त रूप दिन अझै बाँकी भएकाले निर्वाचन आवश्यक भएको हो,” उहाँले भन्नुभयो । “फेरि पनि संविधान बन्छ त” भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले निर्वाचन भएको एक वर्षभित्र दलहरूबीच सहमति र समझदारीमा नयाँ संविधान जारी हुन्छ भन्नुभयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (105 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (321 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.