Breaking News »
Purbanchal News
Google
तीजलाई राष्ट्रिय पर्वका रूपमा मनाईने
Ilam news | 29 August 2013 | Views : 1892

१२ भदौ, हिन्दू नारीहरूले मनाउने तीज पर्वलाई सबैको साझा पर्वका रूपमा मनाईने भएको छ । तीजलाई सबै जातजाती, धर्म, लिङ्गको साझा पर्वका रूपमा यसपटकदेखि मनाउन लागिएको हो ।
तीजको तयारीका लागि अन्तर पार्टी महिला सञ्जालले आज इलाममा सङ्घसंस्था, राजनीतिक दल, सञ्चारकर्मीसहितको छलफलमा तीजलाई तडकभडकका साथ नभई राष्ट्रिय पर्वका रूपमा मनाउने जनाएको छ । भदौ २३ गते इलाम चोकबजारमा आयोजना गर्न लागिएको तीज विशेष कार्यक्रममा राईको साकेला नाच, लिम्वूको धान नाच, ब्राह्मणको संगीनी नाच, विभिन्न कला केन्द्रबाट नृत्य, लोकगीत गायन जस्ता कार्यक्रम रहने सञ्जालकी अध्यक्ष उर्मिला तामाङले बताउनुभयो । तीजलाई तडकभडकका नमनाउने र भड्किला गहना समेत नलगाउने महिलाले जनाएका छन् ।
तीज मनाउन कार्य विभाजन समेत गरिएको छ । सनराईज कला केन्द्र, युनिक डान्स सेन्टर र सुरताल सङ्गीत विद्यालयबाट दुई÷दुई वटा नृत्य, सौन्दर्य कला व्यवसायी सङ्घले सङ्गीनी नाँच, मनिषा लिम्वूले धान नाच, सडक नाटकका लागि रेनुका राई, देवी गौतमले लोकगीत तथा गायनतर्फ, जातीय सङ्घसंस्थालाई अनुरोध गरिने अन्तरपार्टी महिला सञ्जालले जनाएको छ ।
यसैबीच सौन्दर्य कला व्यवसायी सङ्घले भदौ १५ गते इलाम चोक बजारमा आफ्ना सदस्यहरूलाई दर खुवाउने भएको छ । दर्ता शुल्क रू ३०० तिरेर सहभागी हुनेलाई दर खुवाईने सङ्घकी अध्यक्ष कविता श्रेष्ठले बताउनुभयो ।

Facebook users can post their comment in the below box.
Comment Section
No Comment Posted yet








Captcha
  [Reload Image]



More Purbanchal News
Nepal Web Freelancer
Like Us On Facebook
download Free softwares + More
Adobe Reader Adobe Reader (106 Downloads)
TeamViewer TeamViewer (40 Downloads)
Kaspersky Antivirus Kaspersky Antivirus (328 Downloads)
jetAudio 8.1.0 jetAudio 8.1.0 (61 Downloads)
CCleaner - Latest CCleaner - Latest (136 Downloads)
Flash Player - Latest Flash Player - Latest (318 Downloads)
Visitor Opinion + More
Which is the most beautiful place in Purbanchal?

Dhankuta
Damak
Itahari
Ilam
Dharan
Biratnagar
Others

 
logo
© Copyright 2018, OnlinePurbanchal.com | All rights reserved.